‘स्ट्रेट अफ हर्मुज’बाट युआनमा कारोबार गर्ने तेल ट्याङ्करलाई मात्रै आवतजावत गर्न दिने इरानको नीति, ‘डि-डलराइजेसन’ मुख्य लक्ष्य


काठमाडौं – इरानले चिनियाँ युआनमा कारोबार गर्ने तेल ट्याङ्करलाई मात्रै ‘स्ट्रेट अफ हर्मुज’बाट आवतजावत गर्न दिने उद्घोष गरेको छ। अमेरिका र इजरायलले धार्मिक सत्ता ढाल्ने लक्ष्यसहित इरानका दुई साता अघि आक्रमण गरेपछि पश्चिम एसियामा क्षेत्रिए द्वन्द चर्किएको छ। यससँगै, इरानले विश्वमा रहेको डलरको दबदबा तोड्ने लक्ष्यसहित युआनमा कारोबार गर्ने तेल ट्याङकरलाई मात्रै ‘स्ट्रेट अफ हर्मुज’ आवतजावत गर्न दिने घोषणा गरेको हो।

समाचार संस्था सीएनएनका अनुसार चिनियाँ युआनमा तेल किनेका ट्याङ्करलाई मात्रै आवतजावत गर्न दिने इरानका उच्च अधिकारीले बताएका छन्। यतिबेला प्रतिबन्धित रुसको तेल मात्रै डलरबाहेक अन्य मुद्रामा कारोाबर हुन्छ। रुसको तेल रुबल र युआनमा कारोबार हुँदै आइरहेको छ। योबाहेक, विश्वको सबै कारोबार डलरमा मात्रै हुन्छ।

यही डलरको अधिपत्य अन्त्य गर्ने लक्ष्यसहित इरानले युआनमा कारोबार नगर्ने ट्याङ्कलाई स्टे्रट अफ जलडमरु कट्न नदिने बताएको हो। इरानले अहिलेसम्म सो क्षेत्रमा ३ वटा तेल ट्याङ्करमाथि आक्रमण गरिसकेको छ। यसबाहेक अन्य तेल ट्याङ्करमाथि समेत आक्रमण भएपनि इरानले जिम्मेवारी लिएको छैन। यद्यपी, ती आक्रमण इरान समर्थित समूहले गरेको हुन सक्ने आँकलन भइरहेको छ।

आफ्ना सर्वोच्च नेता मारिएपछि क्रुद्ध बनिरहेको इरानले अमेरिकामाथि ठूलो आर्थिक नोक्सानी पारिरहेको छ। यसबाहेक, अमेरिका सर्मथित मुलुकहरुलाई समेत तेलको कारोबार रोकेर समस्यामा पारेको छ। यही अवस्थामा तेलको निर्यात खुलाउन नयाँ नीति अघि सार्दै युआनमा कारोबार गर्नेलाई मात्रै आवतजावत गर्न दिने बताएको हो।