निफ्राको सञ्चालकमा अनिता रायमाझी नियुक्त


काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालकमा अनिता रायमाझी नियुक्त भएकी छिन्। बैंकको चैत ३ गते आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले आजकै मितिदेखि लागूहुने गरी रायमाझी सो पदमा नियुक्त भएकी हुन्।

यसअघि बैंकका सञ्चालक समिति सदस्य लिमा अधिकारी आचार्यले सो पदबाट राजीनामा दिएसँगै रायमाझी नियुक्त भएकी हुन्।