काठमाडौं – काठमाडौंकोबाट १४ जना जुवाडे पक्राउ परेका छन्। उनीहरू काठमाडौं महानगरपालिका–१ स्थित ल्याण्डमार्क अपार्टमेन्टको २०६ नम्बरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।
कागेश्वरी मनहरा नगरपालिका–२ बस्ने ५८ वर्षीय जिवन खड्कासहित १४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६० हजार रुपैयाँ र १५ बुक ताससहित पक्राउ गरेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।



About Us
प्रतिक्रिया