काठमाडौं – नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल डिजिटाइजेशनमा अघि बढेको बताएका छन्। उनले नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विकको अवसरमा आयोजना गरेको कार्यक्रममा डिजिटल नेपाल बनाउन बैंक तथा वित्तीय संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताएका हुन्।
उनले ओटिपि कसैलाई पनि शेयर गर्न नहुने, झुट्टा इमेलहरू बहिष्कार गर्नुपर्ने बताए। अध्यक्ष कोइरालाले एक मिनेटमा नै लाखौँ रकम खाताबाट गायब भएको घटनालाई उदाहरण दिँदै कार्यक्रममा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूलाई आफ्नो ओटीपीको सुरक्षा गर्न सुझाव दिएका हुन्। उनले बैंकबाट गइसकेको पैसा फिर्ता ल्याउन निकै झन्झट रहेको बताए।
मोबाइल बैंकिङ्गबाट नै कर्जा लिनसक्ने व्यवस्था रहेको भन्दै अन्तर्राष्ट्रिय अभ्यासलाई अँगाल्दै नेपाल पनि क्यासलेस कारोबारतर्फ उन्मुख भएको बताए। ‘यतिबेला धेरै देशहरूलाई हेर्ने हो भने कतिपय देशमा त पैसाको कारोबार नै हुँदैन’ उनले भने, ‘नेपाल पनि अन्तर्राष्ट्रिय अभ्यासलाई अवलम्बन गर्दै विस्तारै क्यासलेस कारोबार गर्नतर्फ अघि बढिरहेको छ। अबको केही दशकमा नेपाल पनि पूर्ण रूपमा डिजिटल नेपाल बन्छ।’



About Us
प्रतिक्रिया