फेसबुक बुस्ट गरिदिने भन्दै अनलाइन ठगी बढ्दै, सचेत रहन प्रहरीको अनुरोध 


काठमाडौं – पछिल्लो समय सामाजिक सञ्जालमार्फत ‘फेसबुक बुस्ट’ गरिदिने भन्दै पैसा लिएर ब्लक गरी ठगी गर्ने घटनाहरू बढ्दै गएको पाइएको छ। यस सम्बन्धमा काठमाडौं जिल्ला प्रहरी परिसरले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै फेसबुक बुस्ट, गराइदिने भन्दै अपरिचित व्यक्ति वा पेजहरूले रकम माग्ने र रकम प्राप्त भएपछि सम्पर्कविहीन भई ब्लक गर्ने घटनाहरू बढिरहेको जनाएको छ।

प्रहरीले यस प्रकारका गतिविधिबाट सचेत रहन, अपरिचित व्यक्ति वा पेजलाई रकम नपठाउन तथा पठाउनै पर्ने अवस्थामा रकम पठाउनु अघि आवश्यक प्रमाण तथा विश्वसनीयता सुनिश्चित गर्न अनुरोध गरेको छ।