काठमाडौं – ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको फागुन २८ गते काठमाडौंमा बसेको सञ्चालक समितिको बैठकले बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्को सभापतित्वमा सम्पन्न भएको हो।
सो सभाले बैंकको आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन पेश गरेको छ। सो सभाले बैंकको लेखापरीक्षका लागि बीआरएस न्यौपाने एण्ड को एकाउन्टेन्टस्लाई नियुक्त गर्ने र मुल्य अभिवृद्धि कर सहित १८ लाख ६० हजार रुपैयाँ पारिश्रमिक तोकेको छ।
त्यस्तै, सो सभाले २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।



About Us
प्रतिक्रिया