काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाइएको खर्च विवरणअनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन्।
खर्च विवरणअनुसार मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। त्यस्तै, नमुना मतपत्र तथा प्रचार सामग्री छपाइमा ६८ हजार १६१ रुपैयाँ खर्च गरिएको छ।
यातायात तथा इन्धनमा सबैभन्दा बढी २ लाख ९५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ। मतदाता प्रशिक्षणका लागि खाजा खर्चमा १४ हजार २०० रुपैयाँ खर्च भएको देखिन्छ।
यस्तै वडास्तरीय प्रचारप्रसारका गतिविधिमा ४६ हजार रुपैयाँ खर्च गरिएको छ भने खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ। त्यसैगरी हवाई यात्रामा १३ हजार रुपैयाँ खर्च भएको लामिछानेले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख गरिएको छ।



About Us
प्रतिक्रिया