ट्राफिक प्रहरी वाल्मीकि वलीको सङ्घर्ष र अनुभव:‘प्याड फेर्ने झन्झटले ट्राफिक बन्न हिचकिचाउँछन् महिला’


काठमाडौं – नेपाल प्रहरीमा पछिल्ला वर्षहरूमा महिलाको उपस्थिति उल्लेखनीय रूपमा बढ्दै गएको छ। एक समय घरपरिवारको सीमित दायराभित्र मात्र देखिने महिलाहरू आज अपराध अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापनदेखि समुदाय–प्रहरी सहकार्यसम्म महत्त्वपूर्ण भूमिकामा देखिन थालेका छन्। ‘छोरीले चुलो चौको मात्रै होइन, देशको चौकी पनि सम्हाल्न सक्छिन्’ भन्ने भनाइ आज व्यवहारमै प्रमाणित हुँदै गएको छ।

यही परिवर्तनको उदाहरण हुन् वाल्मीकि वली, जो अहिले नेपाल प्रहरी अन्तर्गत प्रहरी नायब निरीक्षक (सई)का रूपमा कार्यरत छिन्। सामान्य परिवारबाट सङ्घर्ष गर्दै प्रहरी सेवामा प्रवेश गरेकी वलीको यात्रा मेहनत, आत्मविश्वास र दृढ इच्छाशक्तिको कथा हो।

गाउँबाट सुरु भएको यात्रा

बाँकेको नेपालगञ्जमा २०४९ सालमा जन्मिएकी वली सामान्य परिवारमा हुर्किइन्। उनका दुई दाजुभाइ र चार दिदीबहिनी छन्। आर्थिक र पारिवारिक परिस्थितिका कारण उनले ११ वर्षको उमेर पुगेपछि मात्र विद्यालय जाने अवसर पाएकी थिइन्। उनले कक्षा १ देखि ५ सम्म गौमत माध्यमिक विद्यालयमा अध्ययन गरिन् भने कक्षा ६ देखि १० सम्म श्री शिव शक्ति माध्यमिक विद्यालय बाट पढाइ पूरा गरिन्। उनले २०६५ सालमा एसएलसी उत्तीर्ण गरिन्।

विद्यालय पढ्दादेखि नै उनी पढाइसँगै खेलकुद र विभिन्न अतिरिक्त गतिविधिमा सक्रिय थिइन्। घरमा पनि उनी आमाबुबालाई सहयोग गर्थिन्। बाल्यकालमा डाक्टर बन्ने सपना देखेकी वलीले आर्थिक कठिनाइका कारण त्यो लक्ष्य त्याग्नुपर्याे। नर्सिङ पढ्ने योजना पनि आर्थिक कारणले सम्भव नभएपछि उनले प्रहरी सेवातर्फ ध्यान मोडिन्।

परिवारलाई थाहै नदिई प्रहरीमा आवेदन

प्लस टू सके लगत्तै उनले प्रहरी जवान पदका लागि आवेदन दिइन्। रोचक कुरा के भने, उनले प्रहरीमा आवेदन दिएको कुरा दाजु वा परिवारका अरू सदस्यलाई सुरुमा जानकारी नै दिएकी थिइनन्। उनका एक दाजु पहिले नै प्रहरी सेवामा थिए। दाजुले २०६० सालमै प्रहरी सेवामा प्रवेश गरिसकेका थिए। त्यसैले पनि उनलाई प्रहरी सेवा आकर्षक लागेको थियो।

दिदीको सहयोगमा उनले परीक्षा दिइन् र सबै चरण पार गरिन्। तालिमका लागि छनोट भएपछि मात्र उनले परिवारलाई आफू प्रहरीमा चयन भएको खबर सुनाएकी थिइन्। त्यतिबेला उनका बुबा रोजगारीका लागि मलेसियामा थिए। बुबाले भने उनको निर्णयलाई सहज रूपमा स्वीकार गरे। तर दाजु भने सुरुमा सन्तुष्ट थिएनन्।त्यतिबेला वली प्लस टू पढ्दै गर्दा शिक्षण पेशामा पनि आबद्ध थिइन्। दाजुको चाहना उनी शिक्षक बनेर स्थिर पेशामा जाऊन् भन्ने थियो । तर अन्ततः परिवारले उनको निर्णयलाई स्वीकार गर्याे।

प्रहरी सेवामा प्रवेश र अनुभव

वली २०६९ सालमा नेपाल प्रहरीमा प्रवेश गरिन्। प्रवेशपछि उनले नेपालगन्जमा नौ महिनाको आधारभूत तालिम सफलतापूर्वक पूरा गरिन् । त्यसपछि उनले सुर्खेत–नेपालगन्ज तालिम केन्द्रमा करिब दुई वर्ष काम गरिन्।२०७२ सालको निर्वाचनका क्रममा उनको दरबन्दी रानीपोखरी, काठमाडौंमा तोकियो। सुरुमा उनलाई पुनः तालिम केन्द्र फर्काउने योजना थियो। तर, उनले प्रहरी नायब निरीक्षक (असई) पदको परीक्षा दिने इच्छा राखिन्।‘छोरीले चुलो चौको मात्रै होइन, देशको चौकी पनि सम्हाल्न सक्छिन्’ भन्ने भनाइ आज व्यवहारमै प्रमाणित हुँदै गएको छ।काठमाडौं आएको एक वर्षपछि उनले २०७३ सालमा असई पदको खुला प्रतिस्पर्धामा नाम निकाल्न सफल भइन्। त्यसपछि उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काम गरिन्। प्रहरी संगठनभित्र लेखा शाखामा पनि उनले अनुभव बटुलेकी छन्।

ट्राफिक प्रहरीमा महिला कम

अहिले उनी ट्राफिक प्रहरी सेवामा कार्यरत छिन् र यस क्षेत्रमा काम गर्न थालेको दुई वर्ष भइसकेको छ। ट्राफिक तालिमका क्रममा ५१ जना सहभागीमध्ये उनी प्रथम भएकी थिइन्।हाल उनी ट्राफिक प्रहरी कार्यालय ललितपुरमा कार्यरत एक मात्र महिला प्रहरी नायब निरीक्षक हुन्। ललितपुर जिल्लाका ट्राफिक कार्यालयहरूमा उनीबाहेक महिला सई नभएको उनी बताउँछिन्।

उनका अनुसार ट्राफिक सेवामा महिलाको संख्या अझै कम हुनुका विभिन्न कारण छन् । विशेषगरी लामो समय सडकमा ड्युटी गर्नुपर्ने, शारीरिक रूपमा चुनौतीपूर्ण अवस्था र महिनावारीका बेला प्याड फेर्ने सुविधा सहज नहुनुजस्ता कारणले धेरै महिला ट्राफिकतर्फ आउन हिचकिचाउने गरेको उनी बताउँछिन् ।तर चुनौतीकाबीच पनि वलीजस्ता महिला अधिकृतहरूले आफ्नो जिम्मेवारी दृढतापूर्वक निर्वाह गरिरहेका छन् । उनी भन्छिन् ‘यदि उचित सुविधा र सहयोगी वातावरण मिल्यो भने महिलाहरू ट्राफिक प्रहरी जस्तो कठिन क्षेत्रमा पनि उत्तिकै सक्षम रूपमा काम गर्न सक्छन् ।’

ट्राफिक प्रहरीमा घाममा लामो समयसम्म बाहिरी ड्यूटी गर्नु पर्ने भएकाले धेरै महिला प्रहरीहरू ट्राफिक प्रहरीतर्फ काम गर्न चाहँदैनन्। साथै, महिला प्रहरीहरूको मासिक रजस्वलाको समयमा सार्वजनिक स्थानमा प्याड परिवर्तन गर्न कठिनाइ हुने समस्याले पनि उनीहरूको ड्यूटीमा असर पुर्‍याउँछ। उनी अहिले ट्राफिक प्रहरी प्रभाग चापागाँउ प्रमुखको रूपमा काम गरिरहेकी छिन्।  

उनको दाइ र भाउजू पनि प्रहरीमा नै थिए। भाउजूलाई प्रहरीको सेवा काम गर्दा सहज नै रहेको र आवश्यक पर्दा काममा बिदा पनि मिल्ने भएकाले गर्दा उनी प्रहरीमा आबद्ध भएकी थिइन्। साथै, उनलाई प्रहरीको पोसाकले पनि उनलाई लोभाएको बताउँछिन् । कलेज जाँदा आउँदा बाटो प्रहरीले गरेका कामबाट पनि उनी प्रभावित भएकी थिइन्। 

उनको प्रहरी सेवामा आउँदाको पहिलो तलब १५ हजार थियो। प्रहरीबाट प्रत्यक्ष रूपमा राष्ट्रको सेवा गर्न सकिने भएकाले उनी प्रहरी सेवा तर्फ आएकी थिइन् । अन्य सरकारी क्षेत्रबाट काम गर्दा अप्रत्यक्ष रूपमा योगदान पुग्छ । तर प्रहरीबाट सहज रूपमा नै नागरिक र राष्ट्रको सेवामा काम गर्न सकिने उनी बताउँछिन् ।  विशेष गरी महिलाका केसहरूमा काम गर्न महिला प्रहरीको आवश्यक हुन्छ । उनीहरूलाई बुझ्न पनि महिला प्रहरीलाई सहज हुने गर्छ ।

प्रहरीमा महिला तथा बालबालिका केन्द्र भनेर छुट्टै कार्यालयको स्थापन गरिएको छ । जसले महिला र बालबालिकाको केसलाई अनुसन्धान गर्न सहज बनाउँछ। महिलाले कुनै कुरा प्रहरीलाई बताउनु पर्ने खण्डमा पनि महिला प्रहरीलाई सहज रूपमा खुलेर बताउने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘पीडितको पहिलो गुनासो सुन्ने निकाय नै प्रहरी हो।’ त्यसैले पनि उनी आफू प्रहरी हुनुमा गर्व छिन्। 

उनी प्रहरीमा आउने समयमा उनी जन्मिएको क्षेत्रमा प्रहरीमा पुरुषको संख्या बढी भएता पनि महिला प्रहरी हुँदैनथे। प्रहरी सेवातर्फ रुचि राख्नेको संख्या थेरै थियो। समाजले के सोच्छन्, के दृष्टिकोण राख्छन् होला भन्ने भएकाले गर्दा महिलाहरू प्रहरी सेवामा आउँदैन्थे।

साथै, प्रहरीमा महिलालाई राम्रो हुँदैन भन्ने मान्यता पनि थियो। तर उनलाई प्रहरीमा आएपछि त्यस्तो कुनै नराम्रो क्रियाकलाप भोग्नु परेन। उनी प्रहरी सेवामा प्रवेश गर्दा पनि महिला प्रहरीका लागि छुट्टै बस्ने ठाउँको व्यवस्था गरिदिएको थियो। तर समाजमा महिला प्रहरीलाई प्रहरी भित्रका प्रहरी अधिकृतहरूले नराम्रो दृष्टिकोण राख्छन् भन्ने गरिन्थ्यो।  

उनी भन्छिन्, ‘आफू राम्रो भएको अवस्था जुनसुकै संगठनमा पनि काम गर्न सहज हुन्छ। चुनौतीहरूलाई स्वकार गरेर अवसरलाई लिन सकिन्छ।’ उनले धेरै नव ट्राफिक प्रहरीहरूलाई तालिम दिएकी छिन्। साथै, उनले नयाँ प्रहरी अधिकृतलाई प्रहरीको काम कर्तव्य  सिकाएकी छिन् । त्यस समयलाई उनी अझै पनि सम्झिछन्।अहिले प्रहरीमा भर्ना हुँदा कपाल काँटिदैन्। उनले प्रहरी सेवामा प्रवेश गर्दा कपाल काट्ने गरिन्थ्यो। तालिम सकेर घर जाने क्रममा कतिपयले आफूलाई केटा हो कि भन्ने सोचेको उनी अझैँ सम्झिछन्। त्यस बेलामा तालिममा सहज होस् भन्ने हेतुले कपाल काट्ने गरिन्थ्यो।

उनका हिसाबले प्रहरीमा महिलालाई काम गर्न धेरै सहज छ। महिला प्रहरीलाई सुस्केरी बिदा ९८ दिनसम्म दिने गरिन्छ। रजस्वला भएको समयमा बिदा माग्दा ४ दिन दिने गरिन्छ। महिलाहरूले आफूलाई दिएको जिम्मेवारी राम्रो सँग बहन गरेकाले गर्दा प्रहरी सेवामा महिलालाई विश्वास गरी जिम्मेवारी दिने गरिन्छ। साथै, प्रहरीमा सेवा सुविधामा पोसाकलगायतका सबै कुरा तल्ला तहदेखि माथिल्ला पद सम्म सम्मान रहेको छ। महिलाले आफूले कमान्ड सम्हाल्न सक्छु भनेको अवस्थामा प्रहरीमा पुरुष र महिलालाई सम्मान अवसर रहेको छ।

महिला प्रहरीहरूको मासिक रजस्वलाको समयमा सार्वजनिक स्थानमा प्याड परिवर्तन गर्न कठिनाइ हुने समस्याले पनि उनीहरूको ड्यूटीमा असर पुर्‍याउँछ। एसएलसीपछि उनको इच्छा नर्सिङ पढ्ने थियो। तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण त्यो सपना पूरा हुन सकेन। त्यसपछि उनले कोहलपुरस्थित बागेश्वरी एकेडेमीबाट प्लस टू र स्नातक तहको अध्ययन पूरा गरिन्। त्यसपछि उनले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातकोत्तर पनि पूरा गरिसकेकी छन्।

उनीसँगै प्रहरी सेवामा लागेकाहरू यतिबेला सहायक हवलदार नै छन् भने २ जनाले भने इन्स्पेक्टरमा नै नाम निकालिसकेका छन्। चार जना म सँगै सई नै छन्। आफ्नो करिअरलाई ग्रोथ गर्न उनी पछि हटेकी छैनन्। अहिले पनि उनले इन्स्पेक्टरका लागी परीक्षा दिने तयारीमा छिन्। आफ्नो व्यस्त कार्य समयलाई व्यवस्थापन गरेर पनि पढाइलाई निरन्तरता दिइरहेकी छिन्। उनले स्नातकोत्तर सके पनि प्रहरी निरीक्षक बन्न उमेर हद्दका कारण चुनौती भइरहेको छ। निर्णायकको भूमिकामा जाने योजना उनको छ। 

प्रहरी संगठनमा महिला कर्मचारीको क्षमता सुधार गर्न धेरै काम गर्न सक्ने ठाउँहरू छन्। विभिन्न अवसरहरू भएकाले नवप्रवेशीहरूलाई यस संगठन राम्रो भएको उनको बुझाई छ। महिला प्रहरीले पाउने सेवा सुविधा पनि राम्रो भएको भन्दै उनले जनताको सेवामा समर्पित काम भएकाले समाज सेवाको आभास हुने उनी बताउँछिन्। हाल उनी ट्राफिक प्रहरी कार्यालय ललितपुरमा कार्यरत एक मात्र महिला प्रहरी नायब निरीक्षक हुन्। ललितपुर जिल्लाका ट्राफिक कार्यालयहरूमा उनीबाहेक महिला सई नभएको उनी बताउँछिन्।

दुर्गम क्षेत्रको तुलनामा महिलाहरूलाई सुगम क्षेत्रमा काम गर्न सहज हुने उनको भनाई छ। महिनावारी समयमा महिला कर्मचारीलाई चार दिन बिदा दिँदा भने केही सहज हुन्छ। महिला अभियुक्तलाई पक्राउ गर्दा महिला प्रहरी अनिवार्य हुने भएकाले ग्रामीण भेगका महिला प्रहरीलाई केही असहज हुन्छ। लामो दुरी हिँड्नुपर्ने अवस्था, सहजै पक्राउ गर्न सक्ने अवस्था नरहँदा केही कठिनाइ हुने उनको भनाई छ। 

उनका श्रीमान् पनि प्रहरी संगठनमा नै छन् भने उनी यतिबेला एउटा सन्तानकी आमा पनि हुन्। अहिले उनी सासू ससुरासँगै बस्दै आइरहेकी छिन्। श्रीमान् पनि यहीँ संगठनमा कार्यरत भएकाले धेरै विषयहरूका सहज भएको उनको भनाई छ। परिवारको साथ सहयोग पुरा रूपमा पाएकी उनले कामबाट फर्केपछि घरमा गृहिणीको भूमिका पनि निर्वाह गर्दै आइरहेकी छिन्। 

उनले प्रहरी संगठनमा नै १५ वर्ष बिताइसकेकी छिन्। यसबिच आएका हरेका चुनौतीलाई उनले अवसरको रूपमा हेरेर समाधान गर्दै आएकी छिन्। माथिल्लो तहमा महिलाहरूको सहभागिता बढाउनु पर्ने उनको भनाइ छ।