काठमाडौं – नेपाल राष्ट्र बैंकले आधुनिक डिजिटल प्रविधिले सहज रूपमा वित्तीय सेवा प्रदान गरेको बताएको छ । केन्द्रीय बैंकले एक सन्देश जारी गर्दै यसको दुरूपयोगको जोखिम पनि उत्तिकै बढेको बताएको हो ।
केन्द्रीय बैंकले उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्नु आवश्यक रहेको बताएको छ । यसको लागि तीन तहको सुरक्षा बुझ्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले डिजिटल वित्तीय कारोबारका लागि उल्लिखित प्रमाणीकरणका विधिहरु प्रयोग गर्न र यस्ता विवरण अत्यन्तै गोप्य राख्न भनेको छ ।
पहिलो, तपाईंलाई मात्र थाहा हुने : यो तहले तपाईलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ, जसमा तपाईंको पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रूपमा तपाईंको ज्ञान र सम्झनामा भर पर्छ ।’
दोस्रो तपाईंसँग मात्र हुने : यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच केवल तपाईंसँग छ । जस्तैः तपाईको मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले तपाईंको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र तपाईंको वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् ।
तेस्रो, तपाईंको आफ्नै : यसमा तपाईंको व्यक्तिगत बायोमेट्रिक विवरणहरू जस्तै औंठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् ।



About Us
प्रतिक्रिया