काठमाडौं – आसन्न निर्वाचनको आचारसंहिता विपरीत विभिन्न उम्मेदवारहरूको फोटो अंकित होली मनाउँदा लगाइने टी–सर्ट बिक्री–वितरण भइरहेको अवस्थामा १०८ थान टी–सर्ट बरामद गरिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार निर्वाचन लक्षित गस्तीका क्रममा खटिएको प्रहरी टोलीले उक्त टी–सर्ट नियन्त्रणमा लिएको हो। ती टी–सर्टमा विभिन्न उम्मेदवारहरूको फोटो अंकित गरी प्रचारप्रसारको उद्देश्यले वितरण गर्न लागिएको प्रहरीले जनाएको छ।
निर्वाचन आचारसंहिताअनुसार कुनै पनि उम्मेदवार वा दलको पक्षमा प्रचारप्रसार हुने सामग्री उत्पादन, बिक्री वा वितरण गर्न निषेध गरिएको छ।निर्वाचन आचार संहिता, २०८२ को परिच्छेद ४ को दफा १३ (घ) को प्रावधान अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घनका कार्य भएको देखिएकोले उक्त १०८ थान टिसर्टहरु नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले बताएको छ।



About Us
प्रतिक्रिया