बैंकिङ्ग प्रणालीबाट एकैदिन १४ अर्ब बाहिरियो


काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै बैंकिङ्ग प्रणालीको निक्षेप घट्न थालेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीबाट एकै दिन १४ अर्ब रुपैयाँ बाहिरिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक फागुन ११ गते बैंकिङ्ग खर्बबाट १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो। तथ्यांकअनुसार फागुन १० गतेसम्म ७७ खर्ब ४९ अर्ब रुपैयाँ रहेको बैंकिङ्ग निक्षेप ११ गते ७ खर्ब ३५ रुपैयाँमा सीमित भएको हो। यस्तै, समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि १३ अर्ब रुपैयाँको गिरावट देखिएको छ। फागुन १० गतेसम्म ६९ खर्ब ८३ अर्ब रुपैयाँ रहेको निक्षेप घटेर ११ गते ६९ खर्ब ७० अर्ब रुपैयाँमा खुम्चिएको छ। 

समीक्षा अवधिमा कर्जा प्रवाहमा भने सामान्य बृद्धि देखिएको छ। फागुन १० गते बैंकिङ्ग प्रणालीबाट ५८ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट १ अर्ब रुपैयाँले बढेको छ। यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्बले बढ्दै ११ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।

केन्द्रीय बैंककाे तथ्यांकअनुसार सो अवधिमा अन्तर बैक ब्याजदर २ दशमलव ४६ प्रतिशत र सिडी रेसियो ७४ दशमलव २९ प्रतिशत रहेको छ।