नन–डेलिभरेबल फरवार्ड कारोबारमा प्राथमिक पुँजीको सीमा बढ्यो


काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी विनिमय जोखिम व्यवस्थापनअन्तर्गत बैंक तथा वित्तीय संस्थाले गर्ने नन–डेलिभरेबल फरवार्ड कारोबारमा प्राथमिक पुँजीको सीमा बढाउने भएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नन–डेलिभरेबल फरवार्ड कारोबारमा प्राथमिक पुँजीको सीमा बढाउने घोषणा गरेको हो।

केन्द्रीय बैंकले यस्तो दर २५ प्रतिशतबाट बढाएर ३० प्रतिशत कायम गरेको छ। त्यस्तै, डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबोटिक्स ल्याब र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता पूर्वाधार निर्माणमा विदेशी लगानी सहजीकरण गरिने तथा यस्ता परियोजनामा सहवित्तीयकरणमार्फत कर्जा प्रवाह प्रोत्साहित गरिने राष्ट्र बैंकले जनाएको छ।