काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनमा संशोधन गर्ने भएको छ। केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनमा संशोधन गर्ने भएको हो।
चालु कर्जासम्बन्धी मार्गदर्शन संशोधन भएपछि बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह र वित्तीय विवरणको विश्लेषणका आधारमा कर्जाको अवधि निर्धारण गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ।
यसैगरी, ऋणीले वर्षमा कम्तीमा लगातार सात दिन चालु पुँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने प्रावधान संशोधन गरी ३० प्रतिशतभन्दा कम कायम गर्नुपर्ने व्यवस्था गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।



About Us
प्रतिक्रिया