काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि शेयर दाखिल खारेज बन्द (बुक क्लोज) को मिति तय गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १००ः१० को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता साधारण शेयर साविक शेयरधनीहरूलाई हकप्रद मार्फत निष्काशन तथा बिक्री प्रयोजनका लागि फागुन १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो।
बुक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फागुन १४ गतेसम्म कारोबार भई शेयर खरीद गर्ने शेयरधनीहरूले मात्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया