रास्वपा घोषणापत्र: आगामी दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता हासिल गर्ने 


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको घोषणापत्रमा आगामी दशकमा ३ हजार मेगावाट विद्युत् जडित क्षमता हासिल गर्ने लक्ष्य रहेको बताइएको छ। 

घोषणापत्र अनुसार, ऊर्जा विकासलाई तीव्रता दिन भूमि, वन तथा वातावरणसम्बन्धी विद्यमान कानुनहरूलाई परिमार्जन गर्दै ऊर्जा मन्त्रालयबाट नै सम्पूर्ण प्रक्रियाको समन्वय हुने गरी कानुन संशोधन गरिने बताइएको छ। 

साथै, हाल ८ मन्त्रालय र २३ विभाग धाउनुपर्ने जटिल व्यवस्थाको अन्त्य गर्दै क द्वार सेवाको अवधारणा कार्यान्वयन गरिने बताइएको छ। जलविद्युत् आयोजनाहरूको समयावधिभित्र शान्ति–सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था गर्ने बताइएको हो।