स्वास्थ्य बीमाको दायरा बढाउने काँग्रेसको घोषणा,‘फ्रि हेल्थ केयर’को नीति अँगाल्ने


काठमाडौं – नेपाली कांँग्रेसले स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गरेको छ। निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै सम्पूर्ण नेपालीलाई सम्पूर्ण उपचार निःशूल्क गर्नेगरी स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने नीति लिने जनाएको हो।

घोषणापत्र सार्वजनिक गर्दै सभापति गगनकुरमा थापाले २०७३ सालमा सुरु भएको स्वास्थ्य बीमालाई अलपत्र पारिएपनि अब नयाँ ढंगबाट अघि लैजाने उनको बताए। उनले यसका लागि तीनै तहका सरकारलाई परिचालन गर्ने, प्रविधिको प्रयोग गर्ने, स्वास्थ्य कर्मीको सेवा सुविधा बढाउने र ‘फ्रि हेल्थ केयर’ सम्भव बनाउने र स्वास्थ्यको बजेटलाई १० प्रतिशत पुर्याउने थापाको भनाई छ।