काठमाडौं – राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) ले नेपाललाई डिजिटल फस्र्ट राष्ट्रका रूपमा चिनाउने घोषणा गरेको छ। रास्वपाले आगामी निर्वाचनको एजेन्डामा स्वदेशी स्टार्टअपहरूलाई विश्वव्यापी बजारसँग जोड्न अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेका कानुनी र प्राविधिक अड्चनहरू तत्काल हटाउने घोषणा गरेको हो।
नेपाललाई डिजिटल अर्थतन्त्रमा रुपान्तरण गराउन डिजिटल फस्र्ट राष्ट्रका रूपमा चिनाउने बताएको हो। यसले प्रविधिले उत्पादन, व्यापार र रोजगारीको जग बसाल्ने रास्वपाको भनाई छ। सरकारी र निजी क्षेत्रका सबै आर्थिक कारोबारहरूलाई एकीकृत डिजिटल प्लेटफर्ममा आबद्ध गरी क्यासलेस समाजको निर्माण गरी भ्रष्टाचार र राजस्व चुहावट नियन्त्रण गर्ने रास्वपाको भनाई छ।
यस्तै, आइटी क्षेत्रलाई देशको सबैभन्दा ठूलो निर्यातजन्य उद्योग बनाउन आइटी सेवा र सफ्टवेयर निर्यातमा स्वचालित नगद प्रोत्साहन र केही वर्षसम्म आयकरमा पूर्ण छुटको व्यवस्था गर्ने वाचापत्रमा उल्लेख छ।



About Us
प्रतिक्रिया