काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्ने घोषणा गरेको छ। रास्वपाले निर्वाचन लक्षित वाचापत्र सार्वजनिक गर्दै सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्ने घोषणा गरेको हो।
बचतकर्ताहरूको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट एक एकीकृत बचत सुरक्षा कोषु स्थापना गर्ने वाचा गरेको छ। जसले सङ्कटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि सुरु गरि भुक्तानीको दिने व्यवस्था गर्ने उल्लेख छ। रास्वपाले आफ्नो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र नभई बचतकर्ताको पैसा फिर्ता गराउनु भएको बताएको छ।
रास्वपाले थुनेर होइन, सुनेर समाधान गर्ने नीति अनुरूप कुनै सहकारी वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत एवं योजना छ भने मिलापत्रका लागि कानुनी बाटो प्रशस्त गरिदिने बताएको हो। यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सीमा तोकेर उनीहरूलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिने वाचापत्रमा उल्लेख छ।



About Us
प्रतिक्रिया