एमाले धोषणपत्र: रेमिट्यान्स पठाउनेको खातामा वार्षिक ५ हजार बोनस


काठमाडौं – नेकपा एमालेले सार्वजनिक गरेको धोषणपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई वार्षिक ५ हजार बोनस उपलब्ध गराइने विषय समेटेकाे छ। एमालेले प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै जारी गरेकाे घाेषणा पत्रमा देशमा विप्रेषण पठाइरहेका श्रमिकको योगदानको सम्मान स्वरूप उनीहरूको बैंक खातामा प्रतिवर्ष उक्त रकम थप गरिने बताएकाे हाे।

घोषणापत्रमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा गई नियमित रूपमा विप्रेषण पठाउने श्रमिकको  विप्रेषण पठाउने श्रमिकको बैंक खातामा प्रत्यक्ष रूपमा ५ हजार जम्मा गरिने व्यवस्था मिलाइनेछ। यस कदमले श्रमिकको मनोबल वृद्धि हुनुका साथै औपचारिक बैंकिङ्ग प्रणालीमार्फत विप्रेषण पठाउन प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।

साथै, वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता दिने व्यवस्था गरिने पनि घोषणा गरिएको छ।