काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक ओहोदामा बसेका व्यक्तीहरुले अनिवार्यरुपमा सम्पत्ती विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन्। आज राष्ट्रिय सभामा आगामी निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति थापाले अबदेखि सार्वजनिक ओहोदामा बस्ने व्यक्तीले अनिवार्यरुपमा सम्पत्ती विवरण सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘सपथ लिनुपूर्व र कार्यकाल पुरा गरिसकेपछि अनिवार्यरुपमा उच्च ओहोदामा बसेका व्यक्तीहरुले सम्पत्ती विवरण सार्वजनिक गर्नुपर्छ।’ यो विषयलाई नेपाली कांग्रेसले आगामी निर्वाचनको प्रतिज्ञापत्रमा समेत उल्लेख गरेको छ।
यस्तै, थापाले २०४८ सालयता सार्वजनिक पदमा बसेका सम्पूर्ण व्यक्तीलाई छानबिनमा ल्याउन आयोग नै गठन गरेर अघि बढ्ने बताए । उनका अनुसार आगामी निर्वाचनपछि नेपाली कांग्रेसले शुसासनका लागि काम गर्ने र यसका लागि कार्यालय केन्द्रीत सेवा नभएर नागरिक केन्द्रीत सेवामा कांग्रेस केन्द्रीत हुने उनको भनाई छ ।



About Us
प्रतिक्रिया