युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने एमालेको घोषणा


काठमाडौं – नेकपा एमालेले युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने घोषणा गरेको छ। एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने घोषणा गरेको हो।

एमालेको घोषणापत्रमा भनिएको छ, ‘सूचना प्रविधि क्षेत्रमा आईटीरटेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रवद्र्धन गर्न र स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैङ्‌ङ्क कार्ड उपलब्ध गराउनेछौँ।’

यस सुविधाले स्टार्टअप उद्यममा जोडिन चाहने युवाहरूलाई एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास तथा अन्य आईटी र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सहज बनाउने र १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने अपेक्षा गरेको छ।

विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीहरूमा कुनैपनि प्रकृतिको शेयर खरिद गर्नसक्ने व्यवस्थालाई थप सहज र व्यवस्थित बनाउने समेत एमालेको योजना छ।