एमाले घोषणापत्रः गरिबको २५ हजार ऋण मिनाहा


काठमाडौं – नेकपा एमालेले २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेको हो।

२०८२ भदौसम्म लिने २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणा एमालेले गरेको हो। राज्यद्वारा गरिब परिवारका रूपमा पहिचान भएका ऋणिको ऋण मिनाहा गर्ने घोषणा एमालेले गरेकाे छ।