काठमाडौं – पशुपतिमा प्रहरीलाई आक्रमण गर्ने एक जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भइ काठमाडौंको काठमाडौं महानगरपालिका – १३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्।
उनले पशुपतिनाथ मन्दिरमा शिवरात्रीको अवसरमा श्रद्धालु भक्तजनलाई अभद्र व्यवहार गरी राष्ट्र सेवक प्रहरी कर्मचारीमाथि आक्रमण गरेको थिए। श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया