काठमाडौं – रुपन्देहीबाट चोरीको स्कुटर र सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुका लोक बहादुर बिक र रुपन्देहीका माँगुरे भन्ने दिपक गाहा रहेका छन्।
रुपन्देहीको सैनामैना नगरपालिका–४ कर्बलामा स्कुटरमा चोरी गर्न आएका मानिसहरू चाँवीसहित स्कुटर छाडी फरार भएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उक्त स्कुटर नियन्त्रणमा लिई चेकजाँच गरेका थिए।
स्कुटर नियन्त्रणमा लिई चेकजाँच गर्दा सुनका गरगहना समेत बरामद गरेको प्रहरीले बताएको छ। स्कुटर र सुनका गरगहना बरामद गरी संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुनको बाला, हार, झुम्का, मिनि हार थान, सिक्री र मोबाइल २ थान बरामद गरिएको छ।



About Us
प्रतिक्रिया