तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार अदालत पुगेका हुन्। स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए।