नक्कली नोट ओसारपसार र कारोबार गर्नु गैरकानुनी, कसरी चिन्ने नक्कली नोट ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले जाली नोट मुद्रण, ओसारपसार र कारोबार गर्नु गैरकानुनी भएको बताएको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै जाली नोट सम्बन्धमा जानकारी दिएको हो ।

केन्द्रीय बैंकले आर्थिक लेनदेन र कारोबार गर्दा बैंक नोट शङ्कास्पद लागेमा नजिकैको प्रहरी कार्यालय, बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा लगेर त्यस्तो शङ्कास्पद नोट प्राप्त भएको स्रोतको बारेमा जानकारी गराउनुपर्ने बताएको छ । बैंकनोट छाम्दा साधारण कागज जस्तो चिप्लो लागेमा, बैंक नोटको रङ फिक्का जस्तो लागेमा वा सुरक्षण धागो रङले पोतेको, बाहिरबाट टाँसेको र सामान्यभन्दा फरक देखिएमा वा उठ्‌नुपर्ने भागहरू चिप्लो र सम्म भएको जस्तो लागेमा, हेरेर, छामेर र ढल्काएर थप परीक्षण गर्नुपर्ने बताएको हो ।

यसरी चिन्न सकिन्छ नक्कली नोट :