काठमाडौं – बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकम थुप्रिने क्रम नरोकिँदा नेपाल राष्ट्र बैंकले आज ४० अर्बको निक्षेप खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने लगानी बढ्न नसक्दा बैंकिङ्ग क्षेत्रमा यतिबेला तरलता थुप्रिने क्रम जारी छ । त्यसैले आज केन्द्रीय बैंकले ४० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।
केन्द्रीय बैंकले फागुन ५ गते ८९ दिनको लागि ४० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसमा बैंक तथा वित्तीय संस्थाले अनलाइनमार्फत घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न सक्नेछन् ।
यस निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया