काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २८ करोडबढी नाफा आर्जन गरेको छ। कम्पनीले पुस मसान्तसम्ममा २८ करोड ६८ लाख नाफा कमाएको हो। गत आर्थिक वर्षको पुससम्म कम्पनीले २७ करोड ९१ लाख नाफा आर्जन गरेको थियो।
कम्पनीको जीवन बीमा कोषमा ९७ अर्ब ५६ करोड २६ लाख रहेको छ। कम्पनीले चालु वर्षको पुससम्म ११ अर्ब ११ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने १० अर्ब ७३ करोड ७१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
शेयरपुँजी ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १०.२८ रुपैयाँ कायम भएको छ। हाल कम्पनीको महाविपत्ति कोषमा ७३ करोड ७१ लाख , रिटेन्ड अर्निङमा ४० करोड ७९ लाख र अन्य इक्विटी ४० करोड रहेको छ।



About Us
प्रतिक्रिया