नेशलन इन्स्योरेन्सले कमायो ६ करोड नाफा


काठमाडौं – नेशलन इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ६ करोड १० लाख खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड खुद घाटा व्यहोरेको थियो।

कम्पनीले पुस मसान्तसम्ममा ४४ करोड २ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने २३ करोड ४८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले पुनर्बीमा मार्फत २० करोड ५३ लाख खर्चिएको छ।