नेपाल इन्स्योरेन्सको नाफा ४९ लाख मात्रै


काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४९ लाख ५८ हजार खुद नाफा आर्जन गरेको छ। जबकी गत आर्थिक वर्षको यसै अवधिमा ८ करोड ६० लाख खुद नाफा आर्जन गरेको थियो।

कम्पनीले पुसम्ममा ९८ करोड ११ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भन ५२ करोड खुद बीमाशुल्क आर्जन गरेको छ। पुस मसान्तसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ४६ करोड १० लाख खर्चिएको छ।

हाल कम्पनीको प्रतिशेयर आम्दानी ०.३९ रहेको छ। कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रिटेन्ड अर्निङमा ४१ लाख ७९ हजार रहेको छ भने अन्य इक्विटीमा ७ करोड १ लाख रहेको छ।