काठमाडौं – हिमालयन बैंकले १२ लाख बढी संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले १२ लाख ८२ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
पहिलो चरणका लागी सो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागी आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीहरूले आजको ३५ दिनभित्र बैंकको कानुन विभागमा पेस गर्न सकिनेछ ।
पहिलो चरणमा संस्थापक शेयरधनीबाट आवेदन नपरे सो शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया