कामना सेवा विकास बैंककाे ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँड सम्पन्न


काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसविविल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरको बाँडफाँड भएकाे छ। अविमोच्य असञ्चिति अग्राधिकार शेयर एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा बाँडफाँड सम्पन्न भएको हाे।

३५ करोड रूपैयाँ रकम बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि उत्साहजनक रुपमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको छ। जसले नेपाली पूँजीबजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताहरुको उच्च विश्वास र आकर्षणलाई प्रतिविम्वित गर्दछ।

परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरु (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामुहिक लगानी कोष बाहेक) का लागि मिति २०८२/१०/१२ गतेदेखि मिति २०८२/१०/१५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर विभिन्न संघ संस्थाहरु मार्फत उत्साहजनक सहभागिता रहेको छ।

अविमोच्य अवधि तथा वार्षिक ९% ब्याजदर (असञ्चिति) रहेको अविमोच्य असञ्चिति अग्राधिकार शेयर विकास बैंकहरुमा पहिलो पटक जारी गरिएको हो।