काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.०७ अंकले घटेर बजार २७ सय ६९ दशमलव ९ को बिन्दुमा बन्द भएको हो। आज ३३२ कम्पनीले कारोबार गर्दा कुल १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै ३ करोड ६२ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ।
आज हिमालयन पावर पार्टनरको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै,आँखु खोला जलबिद्युतको ५६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको हो।
आज एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माइन्टेड हाइड्रो नेपालका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज नेशनल हाइड्रो कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगाीकर्ताले आज ३.१२ प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया