यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउँने १० कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७.५५ अंकले बढ्दा १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज सर्वाधिक कमाउने १० कम्पनीमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवलकार एण्ड टुरिजम, हिम स्टार उर्जा त्यस्तै, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स लिमिटेड र आँखु खोला जलविद्युतका लगानीकर्ता रहेका छन्। त्यस्तै, त्रिशुली जलविद्युत कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले समेत सबैभन्दा बढी कमाएका कमाएका छन्।

जसमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवलकार एण्ड टुरिजम, हिम स्टार उर्जा त्यस्तै, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स लिमिटेड र आखु खोला जलविद्युतका गरी ८ कम्पनीका लगानीकर्ताले आज १०\१० प्रतिशतका दरले कमाएका छन्। यस्तै,त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशत र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका हुन्।

त्यसगरी आज १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ५.८० प्रतिशतका दरले गुमाएका छन्। त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.९४ प्रतिशत, कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.९६ प्रतिशतका दरले गुमाएका हुन्।

त्यस्तै, आज आँखु खोला जलबिद्युतको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, ग्रीन भेन्चर लिमिटेडको ३९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सिवम् सिमेन्टको ३२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ।