काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार भारी अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७.५५ अंकले बढेर बजार २७ सय ७२ दशमलव १७ को बिन्दुमा बन्द भएको हो। आज ३३१ कम्पनीले कारोबार गर्दा कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै ३ करोड ९ लाख १५ हजार कित्ता शेयर किनबेच भएको छ।
आज आँखु खोला जलबिद्युतको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, ग्रिन भेन्चर लिमिटेडको ३९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवलकार एण्ड टुरिजम, हिम स्टार उर्जा त्यस्तै, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स लिमिटेड र आँखु खोला जलविद्युतका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी ८ कम्पनीका लगानीकर्ताले आज १०/१० प्रतिशतका दरले कमाएका हुन्।
यससँगै आज सर्वाधिक गुमाउनेमा १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०८५ का लगानीकर्ता रहेका छन्। यस कम्पनीका लगानीकर्ताले आज ५.८० प्रतिशतका दरले गुमाएका छन्।





About Us
प्रतिक्रिया