काठमाडौं – यस साता शेयर बजारमा हरियाली छाएको छ। यो साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ७३.१८ अंकले बढेको छ। यो साता ४ दिन कारोबार भएको बजारमा नेप्से ३ दिन बढ्दा एक दिन मात्रै घट्यो। यससँगै, साताभरमा कुल ३७ अर्ब माथिको शेयर कारोबार भयाे।
याे साताको पहिलो कारोबार को दिन आइतबार नेप्से ३१.१२ अंक, मंगलबार ४२.२६ अंकले बढ्यो। त्यस्तै, तेस्रो कारोबारको दिन बुधबार नेप्से ९.४३ अंकले घट्यो। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से ९.२३ अंकले बढेर बजार २७ सय १४ दशमलव ६१ को बिन्दुमा बन्द भयो।
कारोबार कति?
आइतबारः ८ अर्ब ३५ करोड
मंगलबारः ११ अर्ब ७३ करोड
बुधबारः ८ अर्ब ७९ करोड
बिहिबारः ९ अर्ब ५७ लाख





About Us
प्रतिक्रिया