काठमाडौं – आधा जनसंख्यामा हामीले बीमा पुर्याएका छौँ। जीवन बीमाको कुरा गर्ने हो भने हामीले आधा नेपालीको घर समक्ष बीमा पुर्याएका छौँ। यति धेरै बीमाको विस्तार हुँदै गर्दा, यति धेरै नेपालीले बीमाका पोलिसी किन्दै गर्दा यसमा आउने जटिलता के-के हुनसक्छ ? यसले पार्ने प्रभाव कस्तो हुन सक्छ र ती सबै विषयलाई गहन ढंगले छलफल गरेर नियामकले समाधान गर्नसक्ने र कम्पनीले गर्नसक्ने समाधान भइरहेका छन्। तर, कयौं समाधान नभएका कुराहरु अझै पनि बाँकी छन्।
बीमा जटिल र प्राविधिक विषय हो। बीमा सामान्य लेनदेनको मात्रै कारोबार होइन। आममानिसको जोखिमको व्यापार गर्ने जोखिमलाई स्वीकार गर्नु भएकाले यसमा आउने जटिलता धेरै हुन्छ। यसको समाधान खोज्न पनि यस्ता डिस्कोर्शहरु आवश्यक पर्छ।
इन्स्योरेन्स डिस्कोर्श सम्पूर्ण बीमा क्षेत्रका लागी गरिएको साझा कार्यक्रम हो। यसलाई बीमा क्षेत्रका विषयमा छलफल गर्ने थलोको रुपमा विकास गर्न सकियो भने हामीले विषय ल्याएर छलफल गर्न सक्छौं। छलफल पछि नीति निर्माण तहमा पुर्याउन र नीति बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
(बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले तेस्रो इन्स्योरेन्स डिस्कोर्शमा राखेको मन्तव्यमा आधारित)





About Us
प्रतिक्रिया