तेस्रो इन्स्योरेन्स डिस्कोर्शः उद्घाटन सत्रमा जीवन बीमक संघका निवर्तमान अध्यक्ष पौडेल सहभागी हुँदै


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को उद्घाटन सत्रमा जीवन बीमक संघका निवर्तमान अध्यक्ष पोषकराज पौडेल सहभागी हुने भएका छन्। माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शको उद्घाटन सत्रमा पौडेल सहभागी हुने भएका हुन्। हाल उनी सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा छन्।

सिटिजन लाइफलाई अब्बल संस्था बनाउन अहम् भूमिका निर्वाह गरेका उनीसँग बैंक, बीमा तथा वित्तीय क्षेत्रमा ३ दशकभन्दा लामो अनुभव छ। उनी पहिलोपटक सिटिजन लाइफको सीईओमा २०७४ माघमा नियुक्त भएका थिए। सिटिजनमा आउनुअघि उनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफमा वित्त प्रमुखका रुपमा कार्यरत थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए तथा एसीएस र एफएलएमआई (यूएसए) को अध्ययन पूरा गरेका छन्।

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

Skip This