हिमालयन लाइफ इन्स्योरेन्सले बोलायो १९ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले माघ २८ गते शेयरधनीलाई १९ औं वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा आम्रपाली बैंक्वेट थिरबम सडक भाटभटेनी नक्साल काठमाडौंमा बोलाएको हो । सो सभा बिहान १० बजेबाट सुरु हुनेछ।

सो सभा प्रयोजनको लागि माघ १५ गते कम्पनीले शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। जसअनुसार माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीले मात्रै सो सभामा भाग लिन सक्नेछन्।