काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष सहभागी हुने भएका छन्। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शको उद्घाटन सत्रमा ढकाल सहभागी हुने भएका हुन्।
आईएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघमा सदस्य, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका हुन्। पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजबाट जागिरे जीवन सुरु गरेका उनी अहिले सफल व्यवसायीको रुपमा चिनिन्छन्।
ढकालले राष्ट्रिय वाणिज्य बैंकमा पनि काम गरेका छन्। यतिबेला ढकालले नै सुरु गरेको आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन्।
गत वर्ष पनि बैंकिङ्ग समाचारले आयोजना गरेको इन्स्योरेन्स डिस्कोर्शमा ढकाल सहभागी भएका थिए। ढकालले नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ। सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ।
यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया