काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को उद्घाटन सत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी सहभागी हुने भएका छन्। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शको उद्घाटन सत्रमा सुवेदी सहभागी हुने भएका हुन्।
सुवेदी हाल नेपालका बीमा कम्पनीको नियामक निकाय बीमा प्राधिकरणका निर्देशकमा कार्यरत छन्। बीमा क्षेत्रमा दुई दशक बिताइसकेका सुवेदी तत्कालीन बीमा समितिमा २०६३ साल वैशाखमा प्रवेश गरेका थिए।
सुवेदीले स्नातकोत्तर तहकै विद्यार्थीका लागि तीन वटा बीमासम्बन्धी पुस्तक समेत प्रकाशित गरेका छन्। २०६१ सालमा शंकरदेव कलेजबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनले अङ्ग्रेजी संस्करणमा लेखेका बीमासम्बन्धी पुस्तकहरू ‘स्र्टाटेजिक म्यानेजमेन्ट’ ‘बिजनेश इन्भायोरमेन्ट’ र ‘इन्डिपेन्डेन्ट इन्टरप्रेनरसिप डेभलपमेन्ट’ हुन्।
विगतका वर्षमा भएको इन्स्योरेन्स डिस्कोर्शमा पनि सुवेदी सहभागी हुँदै आएका थिए। गत वर्ष सुवेदी वक्ताका रूपमा ‘निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शीर्षकमा भएको छलफलमा सहभागी भएका थिए । यस वर्ष भने उनी उद्घाटन सत्रमा सहभागी हुने भएका हुन्।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ। सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ।
यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ । जसमा योजना आयोगका उपाध्यक्ष डा। प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया