गुहेश्वरी मार्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको कामु सीईओमा प्रधान नियुक्त


काठमाडौं – गुहेश्वरी मार्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु) मा अर्चना प्रधान नियुक्त भएकी छिन्। कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उनी सो पदमा नियुक्त भएकी हुन्।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तोयराज अधिकारीले राजीनामा दिएसँगै सो पदमा प्रधान नियुक्त भएकी हुन्। उनले गत पुस १७ गते सो पदबाट राजीनामा दिएका थिए।