एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीको नाममा रहेको डेढ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ५५ हजार ३७१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। कम्पनीले सो शेयर खरिदका लागि पहिलो प्रथामिकता कम्पनीको विद्यमान संस्थापक शेयरधनीलाई दिनेपर्ने जनाएको छ।

सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले २५ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुकले आवश्यक काजजात संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवि काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।

Skip This