मोटरसाइकल चोरी गर्ने दुई जना प्रहरीको फन्दामा 


काठमाडौं – काठमाडौंबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाका अब्राहम थामी र गोविन थामी रहेका छन्। उनीहरुले  तिनकुनेस्थित अन्नपूर्ण पोष्ट कर्पोरेट टावरको पार्किङमा पार्किङ गरी  राखेको बा.प्र.०२–०२३ प ६२०७  नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल र सिनामंगल स्थित इमपावर हन्टर एच आर सोलुसनको पार्किङमा पार्किङ गरी राखेको बा.प्र.०३–००२ प ०८५९ नम्बरको २२०  सिसिको पल्सर मोटरसाईकल चोरी गरेको प्रहरीले जनाएको छ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई  तिनकुनेबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर,भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।  

पक्राउ परेका मध्ये थामीमाथि विभिन्न प्रहरी कार्यालयमा आठवटा मुद्दा दर्ता भएको खुल्न आएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीमाथि प्रहरी वृत नयाँ वानेश्वरमा चोरी तथा डाँका मुद्दा, प्रहरी कार्यालय सिन्धुपाल्चोकमा अभद्र व्यवहार मुद्दा, प्रहरी वृत जनसेवामा चोरी मुद्दा,  प्रहरी वृत सिंहदरबारमा चोरी मुद्दा, प्रहरी वृत बौद्धमा चोरी मुद्दा, प्रहरी वृत सिंहदरबारमा चोरी मुद्दा, प्रहरी वृत महाराजगंजमा चोरी मुद्दा, र  जिल्ला प्रहरी कार्यालय दोलखामा सवारी ज्यान मुद्दा दर्ता भएको थियो।