भट्टचनको छोरीले राजीनामा दिएपछि प्रभु महालक्ष्मी लाइफको अध्यक्ष बनिन् सम्झना अर्याल


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छिन् । कम्पनीको १३ गते बसेको संचालक समितिको ३४ औं बैठकले कम्पनीको संचालक समितिको अध्यक्षमा संचालक सम्झना अर्याललाई नियुक्त गरेको हो ।

प्रभु म्यानेजमेन्टका पुर्व अध्यक्ष देवि प्रकाश भट्टचनको छोरी शिक्षा भट्टचनले राजीनामा दिएसँगै अर्याल सो पदमा नियुक्त भएकी हुन् ।

यस्तै, कम्पनीको सो बैठकले संचालक समिति सदस्यमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व हुने गरी संस्थापक शेयरधनी क्लाउड मण्डप प्रालिको तर्फबाट छन बहादुर भट्टचन नियुक्त गरेको छ ।

Skip This