आईटी कम्पनीलाई विदेशमा शाखा खोल्न थप सहजीकरण


काठमाडौं – नेपाल राष्ट्र बैंकले सूचना प्रविधि कम्पनीलाई विदेशमा शाखा खोल्न थप सहजीकरण गरेको छ । यसअघि नेपाली निर्यातकर्ता कम्पनीहरुलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति दिइएकोमा हाल निर्यात नगरेका कम्पनीहरुलाई समेत २० हजार डलरसम्म लगानी गर्न दिएको हो ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गएको केहि वर्षमा नेपालको आइटी क्षेत्रले राम्रो मेहनत गरेको बताएका हुन् । उनले अर्थमन्त्रालयले गरेको कम्पनीहरु खोल्न सहजीकरण, एफडीआईमा सिमा संसोधन र करको दर विश्वसनीय बनाउने जस्ता सुधारले वैदेशिक लगानीमा आइटी कम्पनी खुल्ने क्रम बढेको बताए।

वैदेशिक लगानीकर्ताहरुले पेपरवर्क धेरै भयो भनेर गुनासो गरेको भन्दै नाफा लैजान राष्ट्र बैंकको स्वीकृति लिनुनपर्ने गरिएको गभर्नरले पौडेलले बताए।

‘हेर्दा साधारण लागेपनी २०२१ सालमै वैदेशिक लगानी गर्न प्रतिबन्ध लगाइएको हाम्रो देशमा भएका यी पहल दूरगामी असर पार्ने प्रकृतिका हुन्।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब युवाहरुलाई अनुरोध :ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुस्, विश्व बजारमा आँखा लगाउनुस्, पखेटा फैलाउनुस्, मेहनत गर्नुस्, नेपालबाटै जित्नलाई संसार हुनेछ। बैंकिङ्ग क्षेत्रले तपाईहरुको विस्तारमा सदैव साथ दिनेछ।’