१९ वटा इन्स्योरेन्स कम्पनीको मात्रै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत


काठमाडौं – नेपाल बीमा प्राधिकरणले विभिन्न १० वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनी गरी कूल १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ।

बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था भए बमोजिम बीमकहरूबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको हो।

प्राधिकरणबाट आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएका बीमा कम्पनीहरूमध्ये जीवन बीमातर्फ सिटिजन लाइफ इस्योरेन्स कम्पनी, नेपाल लाइफ इस्योरेन्स, आईएमई लाइफ इस्योरेन्स, सानिमा रिलायन्स लाइफ इस्योरेन्स, नेशनल लाइफ इस्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनी, सन नेपाल लाइफ इस्योरेन्स, रिलायबल नेपाल लाइफ इस्योरेन्स, सूर्यज्योति लाइफ इस्योरेन्स र एलआईसी (नेपाल) रहेका छन्।

यसैगरी, निर्जीवन बीमातर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएको छ।

यस्तै, लघुबीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएको छ।