काठमाडौं – बर्दियाको ठाकुरबाबा नगरपालिका – ६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सन्तराम समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय भुरिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ५० रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया