मिड सोलु, चन्द्रागिरी हिल्ससहित ४ कम्पनीको शेयरमूल्य समायोजन


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज चारवटा कम्पनीहरूको शेयरमूल्य समायोजन भएको छ । आज नेप्सेमा मिड सोलु हाइड्रोपावर, चन्द्रागिरी हिल्स्, स्वावलम्बन लघुवित्त र रुरु जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको हो । यी कम्पनीहरूले लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै मूल्य समायोनजन गरिएको हो ।

समायोजन पछि मिड सोलु हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ७८९.२६ रुपैयाँ कायम भएको छ । कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ९१८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो । त्यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको समायोजित शेयरमूल्य प्रतिकित्ता ७२७.०२ रुपैयाँ कायम भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार मूल्य ७६८ रुपैयाँ थियो ।

यसैगरी, चन्द्रागिरी हिल्सको समेत मूल्य समायोजनपछि प्रतिकित्ता ८४३.८१ रुपैयाँ कायम भएको छ । बुधबार कम्पनीको अघिल्लो कारोबार शेयरमूल्य ८८६ रुपैयाँ थियो । त्यसैगरी रुरु जलविद्युत परियोजना लिमिटेडको समायोजनपछि शेयरमूल्य ६६०.९१ रुपैयाँ कामय भएको छ । यस कम्पनीको अन्तिम शेयरमूल्य ७२७ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।