एनएलजी इन्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा


काठमाडौं – एनएलजी इन्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीको पुष ८ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते सिल्भर ओक ब्याट एण्ड ईभेन्ट्स सेन्टर  काठमाडौंमा २० औं वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो १ः३० बजेदेखी सुरु हुनेछ। 

सो सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ। त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०८२/८३ को लागि लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, त्यसैगरी लेखा परीक्षकको प्रतिवेदन सहितको लेखा परीक्षण गरिएको २०८२ साल आषाढ मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ। 

साथै, साधारण सभाको प्रयोजनका लागि पुस २२ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सो सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन्।

Skip This